देश

कर्णाली प्रदेशका २ जनामा कोरोना आशंका

सर्खेत, १० जेठ-कर्णाली प्रदेशका २ जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।

‘आरडीटी गर्दा पोजिटिभ देखिएकामध्ये २ जनाको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ,’ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले भने, ‘पीसीआरमा पोजिटिभ देखिएका दुबै जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।’  थप परीक्षणका लागि कोरोना संक्रमण देखिएका दुबै जनाको स्वाब आज बिहान नेपालगञ्ज पठाइएको महाशाखा प्रमुख तिवारीले बताए ।बिहीबार भारतबाट फर्किएका १६ सय नागरिकमध्ये बबईमा ७ सय ४० जनाको आरडीटी गरिएको थियो ।

Featured