विदेश

रुसले गर्यो कोरोना भ्याक्सिनको सफल परिक्षण

मस्को, जेठ ९–रुसले कोरोना भाइरस (कोभिड–१९) भ्याक्सिनको सफल परिक्षण गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको । रुसको राष्ट्रिय अनुसन्धान, एपिडिमियोलोजी र माइक्रोबायोलोजी सेन्टरका निर्देशक एलेक्साण्डर गिन्च्बर्ग ले लामो प्रयासपछी कोरोना भाइरसविरुद्धको भ्याक्सिन सफल परिक्षण गरिएको जानकारी दिएका हुन् ।

रुसको राष्ट्रिय अनुसन्धान एपिडेमोलोजी र माइक्रोबायोलोजी सेन्टरका गिन्च्बर्गका अनुसार भ्याक्सिन सफल परिक्षण भएको र परिक्षण गरिएका व्यक्तिमा भ्याक्सिनले नकारात्मक नगरेको दावी गरेका छन् । उनले कतिजनामा भ्याक्सिनको परिक्षण गरिएको भन्ने विषयमा केही खुलाएका छैनन् । गएको मे १८ मा रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले भ्याक्सिनको क्लिनिकल परिक्षण एक महिनापछि सुरु हुन् सक्ने घोषणा गरेका छन् ।

रुसमा कोरोना भाईरस (कोभिड–१९) संक्रमितको संख्या ३ लाख २६ हजार ४ सय ४८ पुगेको छ । जसमध्ये २ लाख २३ हजार ३ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ३ हजार २ सय ४९ पुगेको छ । वल्र्डोमिटरको तथ्यांक अनुसार यतिबेला २ हजार ३ सय जनाको भने चिन्ताजनक अवस्थामा उपचार भइरहेको जनाइएको छ ।

शुक्रबारसम्म रुसमा ९९ हजार ८ सय २५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । रुसमा बसोबास गर्दै आएका कुनै पनि नेपालीमा हालसम्म कोरोना संक्रमण देखा परेको छैन भने स्थानीय कानुन अनुसार लक डाउन पूर्णरुपमा पालना गरि सुरक्षित रहेको जनाइएको छ ।

Featured