विदेश

३ देखि ५ महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन तयार हुने

एजेन्सी, जेठ ९-अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको बेलायती कम्पनी एस्ट्राजेनेकामा १ सय २ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यो लगानीसँगै अब अमेरिकाले उत्पादित भ्याक्सिनको एकतिहाइ हिस्सा किन्ने छ ।

कोरोना भाइरसका कारण रोकिएको आफ्नो अर्थ व्यवस्थालाई पुनः खडा गर्नका लागि कैयौँ देशका नेता भ्याक्सिनको प्रतीक्षा गरिरहेका छन् । तर, अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिन बनेको छैन । धेरै ठाउँमा यस्तो भ्याक्सिन बनाउने प्रयास भइरहेको छ ।

भ्याक्सिनको आवश्यकतामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पटक–पटक जोड दिएपछि अमेरिकी स्वास्थ्य विभाग, (डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेज) एस्ट्राजेनेकासँग भ्याक्सिनको ३० करोड डोज किन्नका लागि तयार भएको हो ।

अमेरिकी स्वास्थ्यमन्त्री ऐलेक्स अजार भन्छन्, ‘एस्ट्राजेनेकासँग भएको महत्त्वपूर्ण सम्झौतासँगै सन् २०२१ सम्म कोरोनाविरुद्ध प्रभावकारी भ्याक्सिन बन्न सक्नेछ ।’

Featured