विदेश

पाकिस्तानकाे कराचीमा १०७ यात्रु बाेकेकाे विमान दुर्घटना

एजेन्सी, जेठ ९-पाकिस्तानकाे व्यापारिक राजधानी मानिने कराची शहरमा एक यात्री विमान दुर्घटना भएकाे छ । कराची एयरपोर्ट अवतरण गर्न लागेकाे ए३२० विमान पाकिस्तानकाे राष्ट्रिय एयरलाइन कम्पनी पीआईएकाे हाे ।

याे दुर्घटनापछि घटनास्थलबाट कालाे धुवाँकाे मुस्लाे निस्किएकाे देखिएकाे छ । पाकिस्तान सरकारकाे तर्फबाट अहिलेसम्म याे घटनामा मृत्यु वा घाइते भएकाकाे बारेमा कुनै विवरण सार्वजनिक गरिएकाे छैन ।

प्लेनमा आएकाे प्राविधिक खराबीका कारण दुर्घटना भएकाे बताइएकाे छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार प्लेनमा क्रू मेम्बर्ससहित १०७ जना थिए । ९९ यात्री थिए भने ८ जना क्रू मेम्बर थिए ।

Featured