देश

युवाहरुबाट प्रदेश सरकारको ठुलो अपेक्षा : मुख्यमन्त्री राई

विराटनगर, साउन ३२–प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले युवाहरुबाट ठुलो अपेक्षा राखेको बताएका छन्। उदयिन नेपाल नामक युवाहरुको संस्था शनिबार विराटनगरमा शुभारम्भ गर्दै मुख्यमन्त्री राईले युवाहरुको सहभागिता बिना समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प पुरा हुन नसक्ने दावी गरे।

उनले दुब्र्यवसन मुक्त प्रदेश बनाउन समेत युवाहरुको भुमिका महत्वपुर्ण रहने बताए। मुख्यमन्त्री राईले युवाहरुलाई उत्पादनशिलताँंग जोडेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउदै त्यसकालागि युवा केन्द्रीत विभिन्न कार्यक्रमहरु ल्याइएको बताए।

उनले युवाहरुलाई उद्यमशिलतासँंग जोड्न प्रदेश सरकारले यसबर्ष २० करोड रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिए। मुख्यमन्त्री राईले देशको अहिलेको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्न शिक्षा निति र पाठ्यक्रममा आवश्यक परिवर्तन गरेर अघि बढ्नुपर्ने आवश्यता रहेको समेत औँल्याए।

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले समृद्ध नेपाल बनाउने बिषय युवाहरुकै विचारमा निर्भर रहेको बताए। उनले सामाजिक मुल्य मान्यता र नैतिकतालाई टेकेर अघि बढेमात्र समृद्धि सम्भव रहेको बताए। नवगठित उदयिन नेपाल संस्थाले नयाँ पुस्तालाई चरित्रवान र नैतिकतावान बनाउन अभियान चलाउने अध्यक्ष अनुपमा बास्तोलाले जानकारी दिइन्।

Featured