विदेश

कोरोना भाइरसबाट जोगिन ट्रम्पले खान थाले मलेरियाको औषधि

एजेन्सी, जेठ ६-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै कोरोना भाइरसबाट जोगिनका लागि भन्दै हाइड्रोक्लोरोक्विन औषधि सेवन गर्न थालेका छन् । हालसम्म वैज्ञानिकहरुले यो औषधि कोरोना भाइरसका लागि प्रभावकारी नहुने र गम्भीर साइड इफेक्ट हुनसक्ने बताइरहेका बेला ट्रम्पले भने सो औषधि खान थालेको बताएका हुन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि ट्रम्पले भारतबाट सो औषधि खरिद गरेका हुन् । ट्रम्पले हाइड्रोक्लोरोक्विन खान थालेको बताएपनि वैज्ञानिक तथा स्वास्थ्य अधिकारीहरुले यसको प्रभावकारिता पुष्टि नभएको र यो औषधि असुरक्षित हुन सक्ने बताइरहेका छन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको जानकारी दिएका थिए ।

Featured