देश

भरतपुरमा प्रदर्शनकारी र प्रहरीबिच झडप, प्रहरीद्धारा चार राउण्ड अश्रुग्यास प्रहार

चितवन, साउन ३२–चितवनको भरतपुरमा आज विहानै देखि रवि लामिछानेका समर्थकहरुले प्रर्दशन गरेपछि झडप भएको छ । पत्रकार रबि लामिछाने पक्षका प्रर्दशनकारीले प्रहरीको मोबाइल गस्तीको गाडी तोडफोड गरेपछि झडप भएको हो।

प्रर्दशनकारीलाई तितरवितर र भिड शान्त पार्न प्रहरीले लाठी चार्ज समेत गरेको छ। सो क्रममा प्रहरीले चार राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । भिड बढेपछि जिल्ला प्रहरी कार्यालय परिसरमा ठूलो संंङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।

अहिले पत्रकार शालिकराम पुडासैनी र रवि लामिछाने पक्षधरले चितवनमा प्रदर्शन गरिरहेका छन्। स्थितिलाइ नियन्त्रण लिन ब्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Featured