खेलकुद विदेश

प्रिमियर लिगका खेलाडीलाई सानो समूह बनाएर प्रशिक्षण गर्न दिने तयारी

एजेन्सी, जेठ ५-इंग्लिस प्रिमियर लिगका क्लबहरूले यस सातादेखि आफ्ना खेलाडीहरूलाई सानो समूहमा प्रशिक्षणका लागि स्वीकृति दिने तयारी गरेका छन् । हालसम्म खेलाडीहरूले एक्लै प्रशिक्षण गर्दै आएका छन् ।

आगामी १२ जुनदेखि प्रिमियर लिग सुरु गर्ने तयारी भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण १३ मार्चदेखि प्रिमियर लिगका सबै खेल रोकिएका थिए । तर, अब पुनः लिग सुरु गर्ने सम्बन्धमा क्लबहरूबीच एकमत हुन सकेको छैन ।

१० वटा न्युट्रल भेन्यू तय गरेर बाँकी ९२ खेल गर्ने तयारी सुरु भए पनि त्यसमा साना क्लबहरू सहमत भएका छैनन् । सोमबार पुनः २० वटा क्लबहरूबीच छलफल हुन लागेको हो । सो छलफलमा प्रशिक्षण तथा मेडिकल प्रोटोकललाई लिएर मतदान हुनेछ ।

Featured