मनोरंजन विदेश

अमेरिकन आइडलमा दिवेश भए दोस्रो

एजेन्सी, जेठ ५-अमेरिकन आइडलमा नेपाली मूलका (आर्थर गन) दिवेश पोख्रेल दोस्रो भएका छन् । आइडलको उपाधि भने जस्ट सामले जितेकी छन् । उनको वास्तविक नाम सामन्था डियाज हो ।

सोमबार बिहान भएको फिनालेमा उनी अन्तिम २ मा पुगेपनि उपाधि जित्न भने सकेनन् । अमेरिकन आइडलमा फस्ट रनरअप उनी पहिलो नेपाली मूलका गायक हुन् । उनी लगातार राम्रो प्रदर्शन गर्दै दर्शक र निर्णायकको को मन जित्न सफल भएका थिए ।

Featured