देश

चितवनमा प्रहरीले रविका समर्थकलाई तितरवितर पार्यो

चितवन, साउन ३२–पक्राउ परेका संचारकर्मी रवि लामिछानेको रिहाईको माग गर्दै प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीहरुलाई प्रहरीले तितरवितर पारेको छ।

प्रहरीको भ्यानमा ढुंगा हान्ने र प्रहरी विरुद्धनै चर्को नारावाजी गर्न थालेपछि प्रहरीले प्रर्दशनकारीहरुलाई माथी अश्रु ग्याँस प्रहार गरेको छ। शुक्रवारको तुलनामा शनिवार प्रर्दशनकारीहरु झनै आक्रमक वनेका छन्।

प्रहरीले भने संयमता अपनाईरहेको जनाएको छ। शुक्रवार जिल्ला प्रहरी कार्यालयको गेटमै नारावाजी गरेका उनीहरुलाई शनिवार भने त्यहाँ पुग्न दिईएको छैन्। मुल गेटको केही मिटर यतै नारावाजीमा उत्रिएका प्रर्दशनकारीहरुले प्रहरीको विरुद्धमा चर्को नारा लगाएका थिए।

उनीहरुले आर्यघाटले के भन्छ एसपी मल्ल ले भन्छ जस्ता नारा लगाएका थिए। रवि लामिछानेको रिहाईका लागि भ्रष्टचार विरुद्धको अभियन्ताका रुपमा खरो रुपमा सामाजिक संञ्जाल तथा मिडियामा छाएका रमेश प्रसाई लगायत नारावाजीमा उत्रिएका छन् । शुक्रवारपनि प्रहरी माथी ढुंगामुडा प्रहार गर्दा पाँच जना प्रहरी घाईते भएका थिए भने केही प्रर्दशनकारी पनि घाईते भएको वताईएको छ ।

Featured