देश

शरणार्थीलाई नागरिकता बनाउन भुमिका खेलेका वडाध्यक्ष सहित ३ पक्राउ

पोखरा, साउन ३१–विदेशी नागरिकलाई नागरिकता बनाउन सहयोग गरेको अभियोगमा पोखराका एक वडाध्यक्ष पक्राउ परेका छन्। तिब्बती शरणार्थीलाई झुटा विवरण पेस गरी नेपाली नागरिकता बनाउन भूमिका खेलेको आरोपमा पोखरा महानगरपालिकाका–१८ का वडाअध्यक्ष सहित ३ जना पक्राउ परेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो।

तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन सहयोग र सिफारिस गरेको आरोपमा उनीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। वडाध्यक्ष अध्यक्ष थापासहित वडा सदस्य ज्ञानबहादुर थापा र स्थानीय पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार केसीले जानकारी दिए।

वडाध्यक्षले नागरिकताका लागि वडाबाट अन्तिम सिफारिस गरेका थिए भने वडासदस्य र पञ्जिकाधिकारीले नागरिकता सिफारिस गर्नमा सहयोगी भूमिका खेलेको देखिएको प्रहरी नायव उपरिक्षक केसीले बताए।

Featured