विदेश

३ महिनामै विश्व व्यापार ३ प्रतिशतले घट्यो, मन्दी गहिरिने आशंका

एजेन्सी, जेठ १-सन् २०२० को पहिलो तीन महिनाभित्र संसारको व्यापार ३ प्रतिशतले घटेकाे छ । संयुक्त राष्ट्र संघको व्यापार निकायले यस्ताे विवरण सार्वजनिक गरेकाे हाे । उक्त संस्थाले यस्तो गिरावट अबको तीन महिनापछि अझै चिन्ताजनक स्थितिमा पुग्ने चेतवनी समेत दिएको छ ।

व्यापार र विकासमा संयुक्त राष्ट्र सम्मेलन (यूएनटीडी)को रिपोर्टअनुसार वैश्विक व्यापारमा गिरावटसँगै जिन्सी मूल्यमा पनि कमी आएको छ । जिन्सी सामानको मूल्य गत वर्ष डिसेम्बरयता तीव्र रूपमा घटेको रिपोर्टमा उल्लेख छ ।

यस्तो रिपोर्ट अन्तर्राष्ट्रिय तथ्याङ्क समुदाय र राष्ट्रिय तथ्याङ्क कार्यालयको सहयोगमा तयार गरिन्छ । यूएनटीडीका महासचिव मुखिसा कत्यिुईले भने, ‘सबैतिरका सरकारमाथि कोभिड–१९ संकटपछिको स्थिति सुधार्नुपर्ने दबाब छ, जसको दीर्घकालीन परिणाम हुनेछ ।

Featured