राजनीति

नेकपाले टुंगो लगायो सातै प्रदेशमा सह–इन्चार्ज

काठमाडौँ, साउन ३१–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सातवटै प्रदेशमा सह–इन्चार्जहरुरको टुंगो लगाएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले सवै प्रदेशमा सह–इन्चार्जहरुको जिम्मेवारी तोकेको हो।

जस अनुसार प्रदेश १ मा नरेश खरेल र शेरधन राई, २ मा नागेन्द्र चौधरी र महेन्द्र पाशवान, प्रदेश ३ मा काशिनाथ अधिकारी र हितमान शाक्यलाई सह–इन्चार्ज बनाइएको छ।

त्यस्तै गण्डकी प्रदेशमा किरण गुरूङ र यशोदा सुवेदी गुरूङ, प्रदेश पाँचमा कुलप्रसाद केसी र वैजनाथ चौधरी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला, सुदुरपश्चिम प्रदेशमा खगराज भट्ट र भानुभक्त जैसीलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको हो। त्यस्तै शुक्रबारको सचिवालय बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ।

Featured