देश

रविसहित तीनै जनालाई पाँच दिनको म्याद थप, नारा जुलुस गर्ने आधादर्जन प्रहरी नियन्त्रणमा

चितवन, साउन ३१–पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछने सहित तीनै जनालाई जिल्ला अदालत चितवनले  बिहिबारदेखी लागू हुने गरि पाँच दिनको म्याद थप गरेको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका लामिछाने सहित युवराज कँडेल, अस्मिता भन्ने रुकु कार्कीलाई जिल्ला अदालत चितवनले हिजोबाट लागू हुनेगरी पाँच दिनको म्याद थप गरेको हो।

सरकारी वकिलले १० दिनको म्याद थप गर्न माग गरे पनि अदालतले पाँच दिनको म्याद थपेर अनुसन्धान गर्ने निर्णय गरेको हो। न्यायाधीश बिनोद कुमार शर्माको इजलासले पक्राउ परेका तीनै जनालाई पाँच दिनको म्याद थप गरिएको हो।

जिल्ला अदालतमा दुबै तर्फको बहस पछि अदालतले पाँच दिनको म्याद गरेका छ। बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान रहेको छ।

अहिले पनी चितवनमा रविका समर्थकहरुले उनको रिहाईको लागि बिभिन्न नाराजुलुस गरिरहेका छन्। यसरी नारा जुलुस गरी कानुनी काममा बाधा उत्पन्न गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।