देश

रवि सहित तीनै जनालाई जिल्ला अदालत लगियो, समर्थकद्धारा अदालत अगाडी नारावाजी

चितवन, साउन ३१–बिहिबार साँझ काठमाडौँबाट पक्राउ परेका चर्चित टेलिभिजन प्रस्तोता रबि लामिछाने सहित तीनै जनालाई म्याद थपका लागि जिल्ला अदालत लगिएको छ।

विहानैदेखी रवीका समर्थकले जिल्ला प्रहरी कार्यालय अगाडी नारावाजी सहित प्रदर्शन गरेको भएपनि अर्कै बाटो प्रयोग गरि म्याद थप गर्नका लागि केहीवेर अघि मात्र जिल्ला अदालत पुर्याइएको हो।

११ बजेनै जिल्ला अदालत पेश गर्ने भनि पनि उनीहरुलाई १२ बजे पछि मात्र म्याद थपका लागि जिल्ला अदालत लगिएको हो। रविका समर्थकले जिल्ला प्रहरी कार्यालय आगाडी बिभिन्न नारा जुलुस गरेपछि उनलाई दोस्रो बाटो प्रयोग गरेर जिल्ला अदालत लगिएको हो। अहिले उनको समर्थकले जिल्ला अदालतको गेट अगाडी बिभिन्न नाराबाजी गरिरहेका छन्।

Featured