विदेश

अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछी उत्तर कोरियालले वार्ता नगर्ने

एजेन्सी, साउन ३१–दक्षिण कोरियाले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछी उत्तर कोरियाले वार्ता नगर्ने घोषणा गरेको छ। संयुक्त सैन्य अभ्यास गरेपछी उत्तर कोरियाले दक्षिण कोरियासँग आगामी दिनमा वार्ता नगर्ने घोषणा गरेको हो। दक्षिण कोरियाले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण गर्दै वार्तामा नबस्ने बताएको हो।

दक्षिण कोरिया र अमेरिकाबीच संयुक्त सैन्य अभ्यास भएकोमा उत्तर कोरिया आक्रोशित बनेको छ। उत्तर कोरियाले अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरेपछि पनि वार्तामा बस्न सकिन्छ भन्ने भ्रम नपाल्न दक्षिण कोरियालाई चेतावनी दिएको छ।
उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिको वक्तव्यमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले सन् २०४५ सम्म दुई कोरियाको एकता गरिसक्ने भनेर दिएको भाषणको आलोचना गरेको छ।

शुक्रवार बिहानै उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तट नजिकै दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ। केही साताभित्र उत्तर कोरियाले गरेको यो छैटौं क्षेप्यास्त्र प्रहार हो।

Featured