देश

चितवनमा रविका समर्थकद्धारा नारावाजीसहित प्रदर्शन

चितवन, साउन ३१–पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि जिल्ला अदालत चितवन लाने तयारी गरिएपछी चितवनमा नाराबाजी सहित प्रदर्शन सुरु भएको छ।

पक्राउ गरिएका तिनै जनाको म्याद थपका लागि प्रहरीले तयारी गरेपछी रवि लामिछानेका समर्थकहरुले अहिले चितवनमा नाराबाजी सहित प्रदर्शन गरेका हुन् । बिहीबार साँझ काठमाडौँबाट पक्राउ गरेर राति १ बजे चितवन जिल्ला प्रहरी कार्यालय चितवन भरतपुर पुर्याइएका रवि लामिछाने, युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता भन्ने रुकु कार्कीलाई अनुसन्धानका लागि म्याद थप गर्ने प्रहरीको तयारी छ।

अहिले लामिछानेसहित तीनै जानालाई जिल्ला प्रहरीकार्यालयमा राखिएको छ । उनीहरुलाई रविलामिछानेकी पत्नी निकिता पौडेल र अधिवक्ता सुनिल पोख्रेलले भेट गरेका छन्। जिल्ला प्रहरी कार्यालय चितवन भरतपुर परिसरमा रविका समर्थकहरुको भीड लागेको छ। उनीहरु रविलाई विना सर्त रिहाई गर्नु पर्ने माग गर्दै नाराबाजी गरिरहेका छन्।