देश

सिधा कुरा जनतासंग का प्रस्तोता रवि लामिछाने पक्राउ

काठमाडौं, साउन ३०-सिधा कुरा जनतासंग का प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरीको टोलीले बिहीबार साँझ पक्राउ गरेको छ।

पक्राउपछि चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ।

पूर्वसहकर्मी पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो। पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन्।

यसअघि पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

Featured