देश

प्रधानमन्त्री ओली अस्वस्थ, सचिवालय बैठक स्थगित

काठमाडौं, साउन ३०-प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। बिहीबार बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको अस्वस्थताका कारण स्थगित भएको नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकका लागि नेताहरु बालुवाटार पुगेपनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि बैठक शुक्रबार अपरान्ह ३ बजे सम्मका लागि स्थगित गरिएको श्रेष्ठले बताए। सचिवालयको बैठक बस्दा प्रधानमन्त्रीको समस्यामा थप समस्या आउन सक्ने देखिएकोले  हामीले नै बैठक स्थगित गर्रौ भनेका हौँ ’ प्रवक्ता श्रेष्ठले भने ‘बैठक औपचारिक रुपमा प्रवेश नै भएन।’

प्रधानमन्त्री ओली केहि समयका लागि सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वदेश फर्किएका थिए।