देश

म्याग्दीमा वडाध्यक्षलाई मोसो र चप्पलको माला

काठमाडौं, साउन ३०-म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई कार्यालयमा काम गरिरहेको बेलामा अज्ञात समूहद्वारा कालो मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ।

बिहीबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको हो।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार मोसो लगाउने समूहको पहिचान अहिके सम्म भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको बताए।

‘वडा कार्यालय विप्लव समूह सम्बद्ध व्यक्तिहरूको संलग्नता हो कि भन्ने छ’, उनले भने, ‘मोसो लगाउने समूहको खोजी कार्य भइरहेको छ।’

वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो।