विदेश

जापानको आओमोरीमा ५.४ म्याग्नीच्युडको भूकम्प

टोकियो, एजेन्सी, साउन ३०-जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ। जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी अहिले सम्म नदिइएको जनाएको छ। जापानको स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको छ।

भूकम्पमा कुनै पनि मानवीय क्षति नभएको समाचार हाल सम्म प्राप्त नभएको समाचारमा जनाइएको छ। जापान भूकम्पको उच्च जोखिममा रहेको देश हो।

Featured