देश

नेपाल राष्ट्र बैंकमा भारतीय रुपैयाँ अभाव

काठमाडौं, साउन ३०-नेपाल राष्ट्र बैंकसँग सञ्चित रहेको भारतीय रुपैयाँ कम हुँदै गएपछि सर्वसाधारण अत्यावश्यक अवस्थामा समेत सटही सुविधा पाउन बञ्चित भएका छन्।

राष्ट्र बैंकले सर्वसाधारणको सहज पहुँचका लागि वाणिज्य बैंकहरुलाई हरेक साता पाँच लाख भारु दिँदै आएकोमा केही सातायता १५ दिनमा एकपटक मात्र उक्त परिमाणको भारु दिँदै आएको छ।

वाणिज्य बैकले राष्ट्र बैंकले सीमित भारु उपलब्ध गराएकले सर्वसाधारणलाई मागअनुसार भारु दिन नसकिएको बताएका छन्। नेपालसँग साढे दुई सय अर्ब भारतीय रुपैयाँको सञ्चिति छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ।