देश

हङकङमा सुनको मूल्यमा गिरावट

हङकङ, एजेन्सी,साउन २९–हङकङमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९) अमेरिकी डलर मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ।

हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो।