देश

युरोपेली संघद्वारा नेपाललाई १० अर्ब सहयोग

काठमाडौं, १६ वैशाख-युरोपेली सङ्घले नेपाल सरकारलाई ९ अर्ब ८० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो ।

यहाँस्थित युरोपेली सङ्घ प्रतिनिधिमण्डलका अनुसार कोभिड–१९ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी युरोको ‘टिम युरोप प्याकेज’ स्थापना गरिएको छ ।

सङ्घले यही २२ वैशाख कोभिड–१९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले अनलाइन प्रतिबद्धता सम्मेलन गर्ने जनाइएको छ । रासस

Featured