देश सूचना/ प्रबिधि

भट्टराईविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गर्न अनेरास्ववियुको टोली जिल्ला सरकारी वकिलको कार्यालयमा

काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

मुद्दा दर्ताका लागि अनेरास्ववियूका संयोजक ऐन महरसहितको टोली जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेको छ ।सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध मुद्दा दर्ताका लागि अपहरणमा परेका भनिएका सांसद डा.सुरेन्द्र यादव जिल्ला सरकारी वकिलको कार्यालय पुगेपछि अनेरास्ववियूको टोली पनि पुगेको हो ।