देश राजनीति

अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन्नँ : ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा नदिने बताएका छन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले आफू निकट सांसदहरूलाई बालुवाटार बोलाएर छलफल गरेका उनी निकट एक सांसदले बताए । प्रधानमन्त्रीको भनाइ उद्दृत गर्दै ती सांसदले भने ‘तपाईंहरूले थाहा पाइराख्नुभएको छ । अहिले मेरोविरुद्ध जे जति चलखेल भइरहेका छन्, त्यसका विरुद्धमा अडिग भएर लाग्छु । तपाईंहरूले पनि सल्लाह, सुझाव दिनुहोस् ।’

प्रधानमन्त्री ओलीले आफू दुवै पदबाट राजीनामा नदिने भन्दै अन्यलाई पनि आआफ्नो ठाउँमा उभिन भनेको सहभागी एक सांसदले बताए ।

ओलीले प्रचण्ड र नेपालतर्फ सङ्केत गर्दै भनेको बताउँदै ती सांसदले भने, ‘उहाँहरूले त पहिलादेखि नै जालझेल गरिरहनुभएको थियो । नसकेर अहिलेसम्म बस्नुभएको हो । अहिले उहाँहरू पनि कम्मर कसेर लाग्नुभएको छ । तर, म भने अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन्नँ । जस्तो अवस्था आउला, सामना गर्नेछु ।’

Featured