खेलकुद देश

पार्कर दिनेशद्वारा तेस्रो पटक वर्ल्ड रेकर्ड राख्न सफल

काठमाडौँ,साउन २८-युवा उदयमान पार्कर दिनेश सुनारले गिनिज बुकमा तेस्रो पटक आफ्नो नाम लेखाउन सफल भएका छन्। पहिलोपटक ३६० डिग्री बडी रोटेशन वाल ब्याक फिप्ट अन्तर्गत गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका उनले यस अघिको एक मिनेटमा १५ चोटिको ब्याक फिप्टलाई तोड्दै दोस्रो पटक ३० सेकेन्डमा १६ पटकको विश्व रेकर्डसमेत बनाएका थिए। हालै मात्र उनको नाममा तेस्रो रेकर्ड दर्ता भएको छ।

‘मल्टिपल गिनिज वल्र्ड रेकर्ड’ राख्न सफल सुनारले विभिन्न चलचित्रमा समेत आफ्नो कौशल देखाई सकेका छन्। हवल्दार सुन्तली, हँसिया, किस्मत २ जस्ता फिल्ममा उनले स्टन्ट म्यानको भूमिका निर्वाह गरिसकेका छन्।

सुनारको यस्तै साहसिक कला कौसलका कारण फिल्मनगरीमा उनको माग अहिले बढ्दो रहेको छ। पछिल्ला समय सञ्चार माध्यमले पनि उनको कला कौशल लाई राम्रो स्थान दिदै आएका छन। दिनेश सुनार २ वर्षसम्म अनवरत रुपमा कडा अभ्यास तथा मिहिनेत गरेकै कारण एक सफल र साहसिक पार्कर बन्न सफल भएका छन्।

दिनेशलाई सशस्त्र प्रहरी बलभित्र एउटा अब्बल ‘पार्कर’ का रुपमा चिनिन्छ। उनले पार्करसम्बन्धी प्रशिक्षण कतै लिएका छैनन्। आफ्नै कडा अभ्यास तथा क्षमताले गर्दा उनले यो सफलता हासिल गरेका हुन्। उनले पार्करको रुपमा आफ्नो यात्रा थालेको ९ वर्ष पुगिसकेको छ। अझै पनि यो क्षेत्रमा सफल भई रहुन सफलताको शुभकामना।

Featured