विदेश

चीन र रुसले बनाए, अमेरिकाले छेक्न नसक्ने क्षेप्यास्त्र

काठमाडौं, एजेन्सी, साउन २८-चीन र रुसले विकास गरेको अत्याधुनिक हाइपरसोनिक विमानको अमेरिकी प्रतिरोधी क्षमता नभएको अमेरिकाका एक वरिष्ठ परमाणु कमान्डरले यसै साता बताएका छन्।

‘हामीसँग हामीविरुद्ध परिचालन हुन सक्ने यस किसिमका हतियारको कुनै पनि प्रतिरोधी क्षमता छैन,’ वायु सेनाका जोन हाइनेटले सिनेट आर्मड सर्भिस कमिटीलाई बताए।

‘रुस र चीन दुवैले आक्रामक रूपमा हाइपरसोनिक क्षमता विस्तार गरिरहेका छन्,’ हाइटेनले थपे।

के हो हाइपरसोनिक ?

हाइपरसोनिक हतियार क्षेप्यास्त्र हो। यो म्याक ५ तथा योभन्दा पनि उच्च गतिमा जान सक्छ। यो आवाजको गतिभन्दा ५ गुणा तीव्र हुन्छ। यसको अर्थ यो प्रतिसकेन्ड १ माइलको गतिमा उडान भर्न सक्छ।

Featured