खेलकुद विदेश

चेल्सीलाई हराउँदै युनाइटेडको विजयी सुरुवात

काठमाडौं, एजेन्सी, साउन २७-इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई म्यानचेस्टर युनाईटेडको नमिठो झट्का लागेको छ। आइतबार राति भएको खेलमा युनाइटेडले चेल्सीलाई ४–० गोलले हरायो।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जिताउन मार्कस रास्फोर्डले दुई गोल गरे। एन्थोनी मार्सियल र ड्यानियल जेम्सले एक एक गोल गरेका थिए ।

रास्फोर्डले १८औं मिनेटमा पेनाल्टी मार्फत सुरुवाती गोल गरेका थिए। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको युनाईटेडले दोस्रो हाफमा तीन गोल गरेको थियो।

६५औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए। ६७औं मिनेटमा रास्फोर्डले व्यक्तिगत दोस्रो गोल गरे। ८१औं मिनेटमा जेम्स ड्यानियलले गोल गर्दै युनाईटेडलाई सहज जित दिलाए।

पहिलो हापका केही राम्रा मौका गुमाएको चेल्सी दोस्रो हाफमा कमजोर बनेको थियो।

यसैगरी आइतबार रातिनै भएको अर्को खेलमा आर्सनलले न्युक्यासल युनाईटेडलाई १–० गोल पराजित गरेको छ। आर्सनलको कठिन जितमा पिर्रे एम्रिक आबुमियाङले गोल गरे ।

पिर्रेले ५८औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। अर्को खेलमा लेस्टर सिटी रगोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

Featured