देश

श्रीमतीले चक्कु प्रहार गरि आफ्नै श्रीमानको हत्या गरिन्

काठमाडौं, साउन २६-तरकारी काट्ने चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको अभियोगमा २५ वर्षकी शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गरेको प्रहरीको भनाइ छ। चक्कु प्रहारबाट घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो।

घटनालगत्तै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले मकवानपुर गढी गाउँपालिका–८ स्थायी घर भएकी घलेलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।