खेलकुद विदेश

केन चम्किएपछि टोट्टनहाम विजयी

काठमाडौं, एजेन्सी, साउन २६-स्टार स्ट्राईकर ह्यारी केनले दुई गोल गरेपछि टोट्टनहामले इङ्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा टोट्टनहामले एस्टन भिल्लालाई ३–१ गोलले हरायो।

घरेलु मैदानमा भएको खेलमा टोट्टनहामले खेलको अन्तिम समयमा लगातार गोल गर्दै हार टारेको थियो। खेलमा सुरुवाती अग्रता एस्टन भिल्लाले लिएको थियो। जोन म्याकगिनले नवौं मिनेटमा गोल गर्र्दै एस्टन भिल्लालाई अग्रता दिलाए। त्यसपछि टोट्टनहामलाई बराबरी गोल फर्काउन ७३औं मिनेटसम्म पर्खनु परेको थियो। टोट्टनहामका तान्गे नेडोम्बेले बराबरी गोल फर्काए। ८६ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोट्टनहामलाई अगाडी बढाए।

केनले दोस्रो हाफको अन्तिम मिनेटमा अर्को गोल थप्दै टोट्टनहामको जित सहज बनाए। जितसँगै टोटनहमले तीन अंंक बानाएको छ। शनिबार रातिनै भएको खेलमा ब्राईटनले वाटफोर्डलाई ३–० गोलले हराएको छ। अर्को खेलमा क्रिस्टल प्यालेस र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडे। अर्को खेलमा साउथह्यामटनले बर्नलीलाई ३–० गोलले स्तब्ध बनायो।

Featured