खेलकुद विदेश

स्टर्लिङको ह्याट्रिकमा सिटीको सानदार जित

काठमाडौं, एजेन्सी, साउन २५-रहिम स्टर्लिङको ह्याट्रिकसँगै साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ। नयाँ सिजनको पहिलो खेलमा शनिबार साँझ सिटीले वेस्ट हाम युनाइटेडलाई ५–० गोलले हरायो।

सिटीको सानदार सुरुवातमा स्टर्लिङले ह्याट्रिक पूरा गरे का थिए। सिटीले २५औं मिनेटमा अग्रता लिएको थियो। सिटीका लागि ग्रावियल जिससले खाता खोले। उनले काउन्टर प्रहारमा काइल वाल्करको पासमा उत्कृष्ट गोल गरेका थिए। स्टर्लिङले ५१औं मिनेटमा दोस्रो गोल गरे। त्यसपछि सिटीका लागि जेससले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतमा अफसाइड दिईएको थियो।

७५औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई बलियो अवस्थामा पुर्याए। त्यसपछि वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेमा सर्जियो एग्युरोले ८६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई थप बलियो बनाउ। रियाद माहरेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि सिटीले पेनाल्टीको अवसर पाएको थियो। इन्जुरी समयमा स्टर्लिङले अर्को गोल गर्दै ह्याट्रिक पूरा गर्दै जित पक्का गरे। स्टर्लिङले माहरेजको पासमा गोल गरेका थिए। यस जितसँगै सिटीले अंक बनाएको छ।

Featured