देश

लकडाउनका बेला दाउरा र स्याउला लिन निकुञ्ज छिरेपछि

भान्सामा प्रयोग हुने दाउरा र पशु चौपायका लागि चाहिने पिरल ९स्याउला० को खोजीमा उनीहरू निकुञ्जभित्र प्रवेश गरेका हुन् ।कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर देशभर सरकारले लागु गरेको लकडाउनको उल्लङ्घन गर्दै निकुञ्जभित्र प्रवेश गरेका छायाँनाथ रारा नगरपालिकाको वडा नं ३ र ५ का महिलाहरुलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको सयुंक्त गस्ती टोलीले फेला पारेको हो ।

मङ्गलबार ३ र ५ वडाका ढुमा, लुवाडबाटा, कार्कीबाडा, तुमा गाउँका लुकिछिपी निकुञ्ज प्रवेश गरेका १ सय भन्दा बढी महिलालाई निकुञ्ज कार्यालयको फाँका चेकपोष्ट र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीदलगुल्मको फाँकापोष्टका सेनाको संयुक्त टोलीले औजारसहित नियन्त्रणमा लिई छाडेको थियो ।

हरेक वर्ष यो याममा पशु चौपायाका लागि चाहिने पिरल९स्याउला० लिन निकुञ्ज र मध्यवर्ती क्षेत्रले आसपासका बासिन्दाहरुबाट १५ रुपैयाँको रसिद काटेर सीमित समयका लागि सुक्खा दाउरा, सोतर र स्याउला लिन वन खुला गर्दथे तर यो वर्ष कोराना भाइरसको सङ्क्रमण रोक्न सरकारले देशभर लकडाउन गरेकाले लकडाउन खुला नहुन्जेल निकुञ्ज कार्यालयले काठ, पिरल सङ्कलनमा रोक लगाएको छ ।

यो वर्ष कोराना भाइरसका कारण भन्दै अहिलेसम्म वन खुला नभएपछि ज्यानको मायाभन्दा दाउरा र स्याउलाको माया मानेर पहिलो पटक स्याउला र दाउरा सङ्कलनका लागि स्थानीय महिलाहरू निकुञ्जभित्र प्रवेश गरेका थिए ।

मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई समेत यो समयमा वन जङ्गलमा नजान जानकारी गराउँदै आएको भए पनि अटेर गरेर निकुञ्जभित्र प्रवेश गर्ने गरेको लामा लेख सेरी मालिका मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर मल्लले बताए । रासस

Featured