देश

प्रकृति दोहनको असर : चैतमै सुके मुहान

चैत महिनामै महोत्तरीको उत्तरी क्षेत्रमा खानेपानीको सङ्कट बढेको छ ।धमाधम पानीका मुहान सुक्न थालेपछि उत्तरी क्षेत्रका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो ।

नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि खानेपानीको सङ्कट बढेको त्यहाँका बासिन्दाले बताएका हुन् ।

सामान्यतया अत्यन्त राप बढ्ने वैशाख र जेठमा खानेपानीको समस्या हुँदै आए पनि यसपालि भने मध्य चैतपछि नै पानीका मुहान सुक्दै गएका हुन् ।रासस

Featured