देश

बिरामी पर्नुभयो ? ११३१ मा फोन गर्नुहोस्, घरमै आइपुग्छ निःशुल्क एम्बुलेन्स

ललितपुर महानगरपालिकाले उपत्यकाभित्र बिरामी परेकालाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याउने व्यवस्था गरेको छ । महानगरको हटलाइन नम्वर ११३१ मा फोन गरेपछि तपाइलाई लिन एक्बुलेन्स घरमै आइपुग्नेछ ।

अखिल नेपाल फुटवल संघ (एन्फा)ले दिएका दुईवटा एम्बुलेन्स निःशुल्क बिरामी बोक्न प्रयोग गरिने महानगरपालिकाले जनाएको छ । दुईमध्ये एउटा कोरोनाको लक्षण देखिएका बोक्न प्रयोग गरिने छ भने अर्को अन्य रोग लागेकालाई अस्पताल लैजान प्रयोग गरिने छ ।

ललितपुर महानगरपालिकालाई नेपाल फुटबल संघ एन्फाले कोरोना संक्रमण र नियन्त्रणका लागि प्रयोग गर्न दिएको दुईवटा एम्बुलेन्स मध्ये एउटा अन्य रोगको बिरामीलाई अस्पताल पुर्‍याउन प्रयोग गर्ने निर्णय गरिएकोे महानगरपालिकाले जनाएको छ ।

‘सुविधा सम्पन्न एम्बुलेन्स मध्ये बा२२ च २१०६ नम्वरको एम्बुलेन्स कोभिड १९को लक्षण देखिएका बिरामीका लागि र बा२२च २१०७ अन्य रोगका बिरामीका लागि व्यवस्था गरिएको छ,’ महानगरको विज्ञप्तिमा भनिएको छ ।

Featured