देश

घरभित्रै हालिदिएको पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु

डडेल्धुरामा घरभित्रै पिङमा अल्झिएर ६ वर्षीय बालकको मृत्यु भएको छ ।डडेल्धुराको आलिताल गाउँपालिका–७ बान्नीगडाका ६ वर्षीय बालक गणेश ठगुन्नाको घरभित्रै सलको पिङमा अल्झिएर मृत्यु भएको हो।

घरभित्रै धुरीखामोमा खेल्नका लागि बनाईएको सलको पिङमा अल्झिएर बालकका मृत्यु भएको ईलाका प्रहरी कार्यलय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । बालकको शव पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा लगिएको छ।

Featured