विदेश

कोरोना भाइरस संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण एक नेपालीको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोलुखुम्बुको सोताङ गाउँपालिका–४ दिम्बल घर भएका ङिमा तेम्बा शेर्पा रहेका छन् । उनी एक दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए ।

कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल लगिएका उनेका उपचारकै क्रममा मृत्यु भएको हो ।शेर्पाको मृत्युसँगै अमेरिकामा कोरोनाका कारण अमेरिकामा मृत्यु हुने नेपालीको संख्या दुई पुगेको छ । यसअघि ५० वर्षीय अनिल सुब्बाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

Featured