विदेश

कोरोना संक्रमणबाट बेलायतमा ३ नेपालीको मृत्यु, मृतकको संख्या ५ पुग्यो

कोरोना संक्रमणबाट बेलायतमा थप ३ जना नेपालीको मृत्यु भएको छ । मृतकमध्ये २ जना भूतपूर्व गोर्खा सैनिक हुन भने एकजना बेलायतमा पाहुना लाग्न गएका व्यीक्त भएको बताइएको छ ।लण्डनको नर्थविक पार्क अस्पतालमा ५९ वर्षका पूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको निधन भएको छ । पर्वतका गुरुङ सुगरपीडित थिए ।

बेलायतकै नटिङहममा बस्दै आएका पूर्व गोर्खा ५८ वर्षी शिव श्रेष्ठको पनि कारोना संक्रमणकै कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ । घरमै आइसोलेसनमा रहेका उनलाई स्वासप्रस्वासमा गरो भएपछि अस्पताल भर्ना गरिएको थियो । सोही अस्पतालमा अर्का एक नेपालकिो मृत्यु भएपनि उनको परिचयभ ने खुल्न सकेको छैन । यसअघि बेलायतमा दुई नेपालीको पनि कोरोनाका कारण मृत्यु भइसकेको छ ।

Featured