विदेश

कोरोना महामारीः २४ घण्टामा ६ हजारको मृत्यु, ८२ हजार संक्रमित थपिए

एजेन्सी, चैत २७ -विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट २४ घण्टामा ८२ हजार ३ सय नयाँ संक्रमित थपिँदा ६ हजारले ज्यान गुमाएका छन् ।विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या १५ लाख १३ हजार नाघेको छ ।

बुधबार सबैभन्दा बढी अमेरिकामा ९ हजार ९ सय नयाँ संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म त्यहाँ कोरोनाबाट ४ लाख ३० हजार व्यक्ति संक्रमित भइसकेका छन् ।

अमेरिकामा मृतकको संख्या १४ हजार ७ सय पुगेको छ । २४ घण्टामा मात्रै त्यहाँ १८ सय ९७ संक्रमितको मृत्यु भएको छ ।यस्तै, स्पनेमा संक्रमितको संख्या १ लाख ४८ हजार नाघेको छ । त्यहाँ १४ हजार ७ सय बढीको ज्यान गइसकेको छ ।

Featured