विदेश

बेलायतमा कोरोनाबाट थप १ नेपालीको मृत्यु

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १ नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङ रहेका छन् ।

तमु धीं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक गुरुङका अनुसार ५९ वर्षीय समाजसेवी गुरुङको मंगलबार साँझ लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

नेपालको पर्वत स्थायी घर भएर उनी लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका थिए । पूर्व गोरखा सैनिकसमेत रहेका गुरुङ १४ दिनदेखि कोरोनाबाट संक्रमित थिए । केही दिनअघि बेलायतमा संखुवासभाका लीलाबहादुर राई र चितवनका प्रशान्त अर्यालको कोरोनाबाट मृत्यु भएको थियो ।

Featured