विदेश

साइपलमा भर्चुअल कक्षा

कोरोना भाइरसको डर र त्रास । लकडाउनका कारण विद्यार्थी घरबाट बाहिर निस्कन पाएका छैनन् । विद्यार्थीलाई कसरी पढाउने ? डर र त्रासबाट मुक्त बनाउन के गर्ने ? के गर्दा विद्यार्थीहरू रमाउँछन् र घरमै बसेर पनि पढ्न सक्छन् ?

छलफलकै क्रममा साइपल कलेजले निष्कर्ष निकाल्यो- अबको विकल्प भर्चुअल कक्षा । भौतिक उपस्थितिविना नै विद्यार्थीलाई पढाउने । जो जहाँ छ, त्यहीँ बसेर शिक्षकले पढाउने, विद्यार्थीले पढ्ने ।

लकडाउन लम्बिएसँगै विद्यार्थीको सिकाइ नरोक्न साइपल कलेजले भर्चुअल कक्षा सुरु गरेको हो । कलेजले कक्षा ११, १२ र ए लेभलका विद्यार्थीलाई अनलाइनबाट पढाइरहेको छ ।

‘भाइबर ग्रुप बनाएका छौँ,’ साइपल कलेजका प्रिन्सिपल सुमन नगरकोटीले भने, ‘पीडी स्मार्ट संस्थासँग मिलेर हामीले पहिले नै कोर्स बुकको भिडियो बनाएका थियौँ । त्यो भिडियो अहिले काम लागेको छ ।’

Featured