विदेश

अमेरिकामा एकै दिनमा साढे १९ सय जना बढीको मृत्यु

एजेन्सी, चैत २६-कोरोनाको कारण मृत्यु हुनेको संख्या अमेरिकामा उच्च दरले वृद्धि भएको छ ।पछिल्ला १ दिनमा मात्रै साढे १९ सय  जना भन्दा बढी मानिसको मृत्यु भएको छ ।

त्यस्तै,  पछिल्लो १ दिन २८ हजार ७ सय ३६ जना नयां संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ३ लाख ९५ हजार ७ सय ३९ पुगेको हो ।त्यस्तै अहिलेसम्म अमेरिकाम मृत्यु हुनेको संख्या १२ हजार ८ सय पुगेको छ । हालसम्म संसारभर १४ लाख २६ जना संक्रमित हुदा करिव ८२ हजारको मृत्यु भएको छ ।

Featured