देश

सिंहदरबार प्रहरी हिरासतबाट भाग्दाभाग्दै दुई अभियुक्त पक्राउ

काठमाडौं, साउन २५-शनिबार बिहान नै सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतबाट चार अभियुक्त फरार भएका छन्।

तीमध्ये दुई जनालाई भाग्दाभाग्दै प्रहरीले पक्राउ गरेको छ भने दुई जनाको खोजी भइरहेको छ।

सिंहरदबार प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलुकमार बुढाथोकीले घटनाको पुष्टि गर्दै चोरी अभियोगका चार व्यक्ति हिरासत कक्षको पछाडि रहेको भेन्टिलेसन तोडेर भागेको जानकारी दिए।

भागेका चारमध्ये दुई जनालाई समात्न प्रहरी सफल भए पनि अन्य दुई जना फरार रहेकाले तीव्र रूपमा खोजी भइरहेको उनले बताए।

तर नाम भने उनले बताउन चाहेनन्। ‘नाम अहिले नभनौं,’ उनले भने, ‘अहिले खोजी जारी छ, नाम भन्यो भने भाग्ने खतरा बढ्छ। ’

Featured