देश

दैनिक ज्यालादारीका काम ठप्प हुँदा सास्ती

बाजुरा जिल्लाको सदरमुकाम बडिमालिका नगरपालिका–८ का असहायको घरमा दैनिक ज्यालादारी गर्न नपाउँदा चुलो बल्न छोडेपछि वडा अध्यक्ष प्रकाश रावलले खाद्यान्न सामग्री बोकेर उनीहरूको घरमा पुगेर वितरण गरेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न लकडाउन भइरएकाले सदरमुकामा दैनिक ज्यालामजुरी गर्न नपाएपछि उनीहरूलाई समस्या भएको हो ।

आफ्नो वडामा भएका एकल महिला, गरीब र सहाराबिहीन गरी पाँच सय ९० परिवारको परिवारिक स्थिति हेरी ५ देखि २५ किलो चामल, एक केजी नुन र एक चक्की साबुन बाँड्ने काम सुरु गरेको कुरा वडाअध्यक्ष रावलले बताए ।  नेपाल लकडाउनको अवस्थालाई मध्यनजर गर्दै एक पटकमा बडीमा १० देखि १५ जना जम्मा गरेर राहात सामग्री वितरण गरेको हो । वडावासीको खाद्य संकट टार्न २५ क्विन्टल चामल, ५ क्विन्टल नुन र एक चक्की सावुन वितरण गरेका छन् ।

‘हामीलाई ठूलो सहयोग भएको छ । दाउँरा र दूध बेचेर चामल किन्ने गरेका थियौँ, आजभोलि त्यो सबै बन्द भएको छ। केही दिन चुलो बाल्न सहयोग हुँने भयो’ बडिमालिका–८ की धुमा रावलले भनिन् ।

Featured