देश

बजार नपाएर खेतमै कुहिन थाल्याे अदुवा

कोरोना भाइरस राेकथामका लागि गरिएकाे ‘लकडाउन’ निर्विकल्प लम्बिरहँदा डोटीका किसान चिन्तित बनेका छन्। जिल्लाको जोरायल गाउँपालिकामा उत्पादित अदुवा बजार लैजान नपाउँदा किसान चिन्तित बनेका हुन्।

बजार नपाएपछि अदुवा बारीमै कुहिन थालेकाे किसानहरूकाे गुनासाे छ । अदुवा बारीमै कुहिन थालेपछि यहाँका किसानहरू मर्कामा परेका छन्। जोरायल गाउँपालिका र अदुवा बेसार जोनले गत वर्ष वडा नम्बर-४ नकुलाई अदुवा पकेट क्षेत्र घोषणा गरेको थियो।

अदुवा पकेट क्षेत्र घोषणा गरेपछि किसानले अदुवा खेतीलाई प्राथमिकतामा राख्दै आएका छन्। यस क्षेत्रमा गाउँपालिका–४ भित्रका करिब ५० परिवारले अदुवा खेती गर्दै आएका छन्।

अदुवा बिक्री गरेर यस क्षेत्रका कृषकले दैनिक उपभोग्य सामाग्री खरिददेखि छोराछोरीकाे पढाइ खर्चसम्म जाेहाे गर्ने गरेका छन् । कोरोना भाइरस राेकथामका लागि गरिएकाे लकडाउनका कारण अदुवा ढुवानी गर्न असहज भएको कृषक बताउँछन्।

Featured