देश

लकडाउनकाे मारमा एचआईभी संक्रमित

कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट जोखिन सरकारले घोषणा गरेको लकडाउनले एचआईभी संक्रमितहरूलाई असर गरेको छ ।नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाइ गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआईभी संक्रमितहरूलाई असर परेको हो ।

औषधि सेवन गर्दै आएका संक्रमितहरूले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेको भए पनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाइ गरिएपछि समस्या भएको पीडितहरूले बताएका छन् ।

राष्ट्रिय एचआईभी एड्स महासंघले संक्रमितहरूको घरघरमा औषधि पुर्‍याएर सहजता प्रदान गरे पनि अनिवार्य पास लिनुपर्ने र सवारी साधन बन्द भएको अवस्थामा समस्या परेको महासंघका अध्यक्ष राजेश दिदियाले जानकारी दिए ।

अहिले एचआईभीकाे क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरूको समन्वयमा घरघरमा औषधि पुर्‍याउन थाले पनि एक स्थानीय तहदेखि अर्को जान बन्द गरिएपछि समस्या परेकाे उनले बताए ।

Featured