देश

ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोभिड–१९ रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले आज चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, स्यानिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले पीपीई सेट १ सय १० थान पठाएका हुन् । पर्याप्त पीपीईको अभावमा महामारीकाे बेला स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेका छन् ।

यस्तै, पञ्जा १ हजार थान, आधा लिटरको स्यानिटाइजर १३ वटा र मास्क १ हजार थान रोल्पा पठाइएको छ । ती स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले जनाकारी दिए । रासस

Featured