देश

सुनको मूल्य हाल सम्म कै महँगो, तोलाको ७० हजार पुग्यो

काठमाडौं, साउन २३-सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य हाल सम्म कै महँगो हुने पुगेको छ। सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ।

अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु यतिबेला सुनतर्फ आकर्षित भएका छन्।अन्य क्षेत्रको लगानी राम्रो हुने नदेखिएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी ८ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

फेडेरल रिजर्भ बैंकले ब्याजदर ०.२५ प्रतिशतले कमी गरेको, चीन र अमेरीकाको व्यापार युद्ध, इरान अमेरीकको मुद्दा जस्ता विषयले सुनको मूल्य लगातार उकालो लागेको सुनचाँदी व्यवायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए।

Featured