देश

आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

काठमाडौं, साउन २३-नेपाल राष्ट्र बैंकले एक अमेरिकी खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको छ। हिजो खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा थियो।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा तोकेको छ। हिजो खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको थियो। साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ। हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो।

यस्तै यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा पुगेको छ। हिजो यसको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा थियो।

मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रीदर २७ रुपैयाँ १५ पैसा छ। हिजो खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा रहेको थियो। यस्तै बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ०६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ६६ पैसा रहेको छ। हिजो खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको थियो।

कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा तोकेको छ। हिजो खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९१ पैसा छ। हिजो खरिददर ३७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४५ पैसा रहेको थियो।