देश

बालुवाटारको जग्गा मिलाईदिए वापत २० रोपनीभन्दा बढी जग्गा घूस लिएको खुलाशा

काठमाडौँ, साउन २३-बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बपत लेनदेन भएको खुलासा भएको छ।

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ। तीमध्ये अधिकांश तत्कालिन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य एवं नातेदार रहेका छन्।

‘हामीलाई प्राप्त सूचना अनुसार त्यतिबेला सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेबापत करिब २४ रोपनी जग्गा घूसबापत उनीहरुका आफन्त र नातेदारका नाममा सित्तैमा दिएको थियो,’ भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उच्च अधिकारीकाले बताएका छन्।